मतदान केन्द्रमै रविमाथि गठबन्धनका कार्यकर्ताद्वारा आक्रमण



हाम्रो इकोनोमि

 

 

 

चितवन-२ स्थित नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ । मतदान निरीक्षणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्ने बित्तिकै गठबन्धनका कार्यकताले रविलाई आक्रमण गर्न खोजेका थिए । उनीहरूले रविले आचारसंहिता उल्लंघन गरेर नाराबाजी सहित आएको आरोप लगाएका छन् । तर, प्रत्यक्षदर्शीकाअनुसार रवि पुग्ने वित्तिकै गठबन्धनका कार्यकर्ताले ढुंगा लिएर रवि माथि आक्रमणको प्रयास गरेका थिए ।

रवि आफ्ना केही सहयोगीसहित बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उनको पक्षमा नारा लगाएका थिए । ‘रवि दाइ हाइ हाइ’ भन्दै नाराबाजी भएपछि ‘के को हाइ हाइ ? अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका हुन् । रवि पुग्नुअघि नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ पनि मतदानस्थलमा पुगेका थिए । तर रवि पुग्ने बित्तिकै भने नाराबाजी गरेर आएको भन्दै गठबन्धनका कार्यकर्ताले निहुँ खोजेर आक्रमणको प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...