मधेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

‘तपाईँ त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’ भनी २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए । बारा २ मा जसपाका उपेन्द्र यादव गठबन्धनबाट उम्मेदवार छन् । मुख्यमन्त्री यादव उपेन्द्रको पक्षमा चुनावी माहौल बनाउन सरकारी स्रोत साधनको दुरुपयोग गरी हिँड्न थालेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...