मलाई अघिल्लो पटकको भन्दा राम्रो मत आँउछ : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् । चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, ‘मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुनेछ । अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्ने मैले अनुमान गरेको छु ।

अघिल्लो पटकको भन्दा पनि मत बढ्छ भन्ने लाग्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मैले त्यस्तो अपेक्षा गरेको छु ।’आफ्ना कोही कार्यकर्ताहरु नभएको भन्दै उनले मतदाताले विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...