तनहुँ, चितवन र बारामा शान्तिपूर्ण रुपमा मतदान



हाम्रो इकोनोमि

 

 

तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं२ र बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत  बिहानदेखि मतदान जारी छ । मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् ।

 

 

 

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराई ,एमालेका तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन् । नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।

चितवनमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेकाले भाेट हाल्न नपाइने जनाइएको छ ।

यस्तै बारा २ मा १ लाख ५ हजार ११ मतदाता छन् । मतदानका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रीय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत ११ दल र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । मतदान गर्न मतदान गर्न पुगेका मतदाताहरुलाई सुरक्षाकर्मीहरुले शरीर खानतलासी गरेर मात्रै पठाएका छन्

 

 

       

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...