ह्वात्तै बढ्यो बैंकहरूको खराब कर्जा, (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

ऋणीहरूले समयमै ऋण तथा किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूलाई हेर्दा अहिले खराब कर्जा टाउको दुखाई बनेको छ ।

सबैभन्दा बढी तनाव सिभिल बैंकलाई गाभेको हिमालयन बैंक, नेपाल बैंक र कृषि विकास बैंकलाई देखिएको छ । यिनीहरूको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । अहिले हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम थियो । त्यस्तै, कृषि विकास बैंकको खराब कर्जा पनि ४.३५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कृषि बैंकको २.३२ प्रतिशत खराब कर्जा थियो । अधिकांश बैंकहरूको खराब कर्जा ३ प्रतिशतभन्दा माथि छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ खराब कर्जा बढेको बैंकहरूको प्रतिवेदन चिन्ताको विषय भएको बताउँछन् । आर्थिक मन्दी, व्यापार-व्यवसायमा आएको गिरावटजस्ता कारणले ऋणको ब्याज तथा किस्ता तिर्न समस्या भइरहेको छ । तिर्न सक्ने क्षमता भएकाहरू पनि मिनाहा होला अथवा अरु कुनै नीति आउला कि भनेर नतिरी बसेको अवस्था पनि छ । यसले खराब कर्जा बढेको हो’, खालिङ सुनाउँछन् ।

खराब कर्जाले जोखिमसँग सामना गर्नसक्ने बैंकहरूको क्षमता के छ भन्ने पनि मूल्यांकन हुने उनको भनाई छ । जहिले भएपनि कर्जा तिर्नैपर्ने भएकाले उल्टै ऋणी स्वयम्‌लाई भार थपिँदै जाने उनको तर्क छ । उनी भन्छन, ‘ऋण मिनाहा, व्याज घट्ने भन्ने हुँदैन । उनीहरूले जसरी पनि तिर्नुपर्छ । बरु अहिलेदेखि ऋण क्लियर गर्दै गए उनीहरूलाई नै सहज हुन्छ ।’

आर्थिक मन्दी, बैंकको चर्को ब्याजदरका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा खराब कर्जा दर बढेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूले घर जग्गामा गरेको लगानी नउठ्दा पनि खराब कर्जा बढेको जानकारहरू बताउँछन । कित्ताकाट बन्द हुँदा कारोबार लगभग ठप्प प्राय बनेको थियो । भर्खरैमात्र सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाको निर्धारित समयमा उठ्न नसकेको ऋण नै खराब कर्जाको सूचीमा गनिन्छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...