प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठोस् : विनोद चौधरी



हाम्रो इकोनोमि

 

 

 

प्रतिनिधिसभा सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको बताए ।

भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरु पुननिर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरु पटक पटक तयार पारिन्छन्’ सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस् । सांसद चौधरीले सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...