प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठोस् : विनोद चौधरी



हाम्रो इकोनोमि

 

 

 

प्रतिनिधिसभा सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको बताए ।

भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरु पुननिर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरु पटक पटक तयार पारिन्छन्’ सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस् । सांसद चौधरीले सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...