गुनासो गर्नै नपर्ने गरी काम गर्छु : एमाले उम्मेदवार न्यौपाने



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)बाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताउनुभएको छ । आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताउनुभएको हो ।

कालिका नगरपालिकाका विभिन्न वडामा आज भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवार न्यौपानेले जनताले दिएको विश्वास र भरोसालाई उँचो राख्दै यहाँका नागरिकका परिवारको सदस्य बनेर काम गर्ने बताउनुभयो । ‘मैले यहाँहरुको विश्वास र भरोसालाई टुट्न दिने छैन’ न्यौपानेले भन्नुभयो, ‘संसद् चलेको बेलामा भन्दा अन्य बेलामा जनताका पिरमर्का र गुनासा सुन्नका लागि चितवन २ मा घरदैलोमा समय बिताउनेछु ।’ चितवन बनाउन तथा यो क्षेत्र बनाउन सबैले लामो समयदेखि दुःख गरिरहेको उल्लेख गर्दै न्यौपोनले जिल्लाको विकास र समृद्धिमा सबैको योगदान रहनुपर्ने बताउनुभयो ।
‘जनताको समस्या बाँकी छन्, समस्यालाई सम्बोधन गर्नुपर्नेछ, हामी त्यो अभियानमा केन्द्रित छौँ’ न्यौपानेले भन्नुभयो, ‘उम्मेदवारको हिसाबले म सूर्य ध्वजाबाहक उम्मेदवार छु, एमालेको उम्मेदवार छु, तर म सबै पार्टीको, सबै नागरिकको मनमनमा रहने भोलि पनि साझा जनप्रतिनिधि बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’ आफूले नैतिकवान समाज, व्यवस्थित समाज र सभ्य समाज निर्माण गर्ने कुरामा अगुवाई गर्ने न्यौपानेले बताउनुभयो । जिल्लालाई समृद्धि र विकासमा अघि बढाउने कुरामा आफूले अगुवाई गर्ने उहाँको भनाइ छ ।

‘मलाई थाहा छ, किसानहरुका, युवाहरुका, महिलाहरुका थुप्रै समस्या छन्’ उहाँले भन्नुभयो, ‘सरकारी सेवामा भएको ढिलासुस्तीले नागरिकमा नैरास्यता पैदा गरेको छ त्यसलाई अन्त्य गर्दै समृद्ध समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँछु ।’ अहिले यो उपनिर्वाचन भविष्य निर्माण गर्ने विषय भएको भन्दै न्यौपानेले भन्नुभयो, ‘यो भविष्य निर्माणको अभियानमा हाम्रो सभ्यता कमजोर भयो भने, ठीक जनप्रतिनिधि चुन्न सकेनौँ भने, यही जिल्लाको जनप्रतिनिधि चुन्न सकेनौँ भने हामी कमजोर हुन्छौँ ।’ उहाँले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै भन्नुभयो, ‘सबैले यसपटक यही जिल्लाको समृद्धि र विकासमा खटिरहेको सूर्य ध्वजाबाहक उम्मेदवार, म राम न्यौपानेलाई विजयी गराउनुहुन अनुरोध गर्दछु ।’

कालिका नगरपालिकामा भएको एमालेको घरदैलो कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक पदम गिरीसमेत सहभागी हुनुहुन्थ्यो । एमालेको घरदैलो अभियान कालिकाका वडा नम्बर १, ४ र ५ मा भएको थियो । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले घरघरमा पुगेर मत माग्नुका साथै विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...