गोविन्दराज जोशीले स्वर्णिम वाग्लेलाई समर्थन गर्ने



हाम्रो इकोनोमि

 

 

तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाएका हुन् ।

आज भएको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए । उक्त वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको बताए । कांग्रेससँग संवाद टुंगिसकेको अवस्थामा उहाँहरुले रास्वपा उम्मेदवारलाई समर्थन गर्न तयार हुनुभएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...