युवासंघको नेतृत्व सर्वसम्मत घोषणा गर्ने तयारी, अध्यक्षमा क्षितिज र महासचिवमा सुमन



हाम्रो इकोनोमि

 

 

बाँकेको नेपालगन्जमा सुरु नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि सर्वसम्मत नेतृत्व घोषणाको अन्तिम तयारी भएको छ । बुधवार बिहानसम्म अध्यक्षसहितको अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि पार्टी नेतृत्व सर्वसम्मतका लागि पहलमा लागेको थियो ।

निर्वाचन समितिले निर्वाचनको सबै तयारी पूरा गरेपनि बुधवार राती नेता महेश बस्नेत, राजीव पहारीको पहलमा सर्वसम्मतको थालनी भएको हो । बुधवार राती साढे ३ बजेसम्म यसका लागि पहल गरिएको थियो । बिहीबार बिहान धेरै प्रतिनिधिहरू हिँडिसकेकाले अब निर्वाचन हुने सम्भावना छैन ।

निर्वाचन प्रक्रिया लम्बिएपछि पूर्वनिर्धारित समयमा महाधिवेशन नसकिने भएकाले सर्वसम्मत गर्न पहल थालिएको सम्बद्ध नेताहरूको भनाइ छ । सोमबारदेखि शुरु भएको बन्द सत्र मङ्गलवार राति सकेर निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।नेतृत्वले सर्वसम्मतका लागि निरन्तर पहल गरिरहँदा मतदान प्रक्रिया पछाडि धकेलिएको निर्वाचन अधिकृत, अधिवक्ता विकास आचार्यले जानकारी दिए ।

नेतृत्व सर्वसम्मत बनाउन बुधवार राती विधान संशोधन गरेर उपाध्यक्षको पद थपिएको छ । विधान संशोधन गरेर ३ उपाध्यक्षलाई ७ बनाइएको छ, सचिवको संख्या घटाइएको छ, यो सर्वसम्मतको लागि गरिएको हो, अब निर्वाचन हुने सम्भावना छैन– सर्वसम्मतको पहल गरेका एक नेताले भने । उनका अनुसार संघको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरीलाई जिम्मेवारी दिनेगरी तयारी भएको छ । अधिकांश पदमा बुधवार राती नै तयारी गरेपनि केही जिल्लाको केन्द्रीय सदस्य मिलाउन बाँकी रहेकाले बिहीबार बिहानसम्मका लागि समय थपिएको हो ।

नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज थेवेले उम्मेदवारी दिएका छन् । क्षितिज थेबेको प्यानलबाट महासचिवमा सुमन पुरी उम्मेदवार छन् भने रावलको प्यानलबाट महासचिवमा अञ्जना अधिकारी उम्मेदवार बनेकी थिइन् । त्यसैगरी खुल्ला उपाध्यक्षमा कृष्णहरि कसी, प्रकाश गौतम र विष्णुहरि त्रिपाठीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा सीता सुवेदी र सुमित्रा बोगटी, समावेशी उपाध्यक्षमा पुष्पराज श्रेष्ठ र अमित लामा, महासचिवमा सुमन पुरी र अञ्जना अधिकारी, उपमहासचिवमा प्रकाश लामिछाने, कुबेर अधिकारी, रमेश तिवारी र महाराज गुरुङको उम्मेदवारी परेको छ । त्यसैगरी अन्य पदाधिकारी, आयोग तथा सदस्यहरूमा दुईभन्दा धेरै उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवारी तालिकामा उल्लेख जनाइएको छ ।

अनुशासन आयोग सचिवमा राजबहादुर शाही र राजन नेपाली, लेखा आयोग प्रमुखमा दिलीप थिङ र सन्तोष चौलागाई, लेखा आयोग उपप्रमुखमा हरिवंश भण्डारी र नानीराम तिवारी, लेखाआयोग सचिवमा रुमेश कटुवाल र प्रविण बोगटी, निर्वाचन आयोग प्रमुखमा सम्पन्न श्रेष्ठ, शिवराज रिमाल र बलराम बेलवासे, निर्वाचन आयोग उपप्रमुखमा नितेश रावल, लिलबहादुर जिसी र रामबहादुर छतकुली र प्रदेश सचिवहरूमा पनि अवश्यक भन्दा धेरै उम्मेदवारी परेको छ । उम्मेदवारी परेका अधिकांश पदहरूमा सहमति भइसकेको र केही समयमा नयाँ नेतृत्वको घोषणा गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...