आफुलाई कारबाही भए रविको कोर टिमको रहस्य खोलिदिने ढाकाको धम्की



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे रवि लामिछानेको ‘कोर टिम’ को रहस्य खोलिदिने बताउनुभएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा आएका श्रेष्ठले पार्टीले गठन गरेको छानबिन समितिलाई बयान दिने क्रममा यस्तो बताएको स्रोतले जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भनाइलाई आधार मान्ने हो भने रविको कोर टिममा दीपक बोहोरा, निकिता पौडेल र डोरप्रसाद अर्याल रहेका छन् । प्रसाईँको रवि लामिछानेको तर्फबाट सबै प्रकारको ‘आर्थिक डिल’ उनीहरुले गर्दै आएका छन् ।

पार्टीले गठन गरेको समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब दुई घण्टा छलफल गरेको थियो । बयानका क्रममा उहाँले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले पनि अप्ठेरो पार्ने हो भने कोर टिमसहित अन्य विषयहरु पनि खुलाइदिने धम्की दिनुभएको छ । सो कुरा छानबिन समितिमा रहेका व्यक्तिहरुले रवि लामिछानेलाई सुनाइसकेका छन् ।

आफूलाई पार्टीकै मान्छेहरु मिलेर फसाउन खोजिएको आरोपसमेत लगाउनुभएको छ । समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेको तर श्रेष्ठबाट सार्वजनिक गर्ने तर छानबिन समितिलाई नबताउने बताएको स्रोतले जनाएको छ । समितिले मंगलबार नै रविलाई ई–मेलमार्फत प्रतिवेदन बुझाइएको छ । श्रेष्ठले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाउँ भन्नुभएको थियो । तर आयोगले उहाँलाई कारबाहीको सिफारिस गरेको छ ।

रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा हुनुहुन्छ । सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी रहनुभएको थियो । उहाँहरुले श्रेष्ठलाई बयान लिनुभएको थियो । गत माघ १ मा प्रसाईंसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने कोर टिम रहेको बतायउनुभएको थियो । २ करोड दिए कोर टिमले आफूलाई मन्त्री बनाउने तत्काल १ करोड दिइहाल्नुपर्ने भन्दै उहाँले प्रसाईंसँग भविष्यमा काम गरिदिने भन्दै पैसा माग्नुभएको थियो ।

कोर टिमबारे उहाँले फोन संवादमा भन्नुभएको थियो , ‘मुकुलजी (महामन्त्री ढकाल) लाई त्यति थाहा नभएको बताउनुभएको थियो । रास्वपाले आज श्रेष्ठका बारेमा टुंगो लगाउँदै छ । सभापति रवि लामिछानेले हिजै आज टुंगो लगाउने बताउनुभएको थियो । उहाँ चितवन २ बाट उपनिर्वाचनका उम्मेदवार हुनुहुन्छ । चुनावको मुखमा आएर आफू बदनाम हुने देखिएपछि उहाँले कुनै पनि हदसम्म जान सक्ने बताउनुभएको छ । उहाँले कुहिएको आलु बोराबाट हटाउन आफूलाई पनि आउने प्रतिक्रिया दिइसक्नुभएको छ । उहाँले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहार्नेसमेत बताउनुभएको छ ।

अब उनले श्रेष्ठलाई पार्टीबाट हटाउँछन् कि बदनाम सहेर बस्छन् भन्ने पाटो महत्वपूर्ण हो । त्यस्तै ढाकालाई कारबाही गर्न हुन्न भन्ने पक्षमा पार्टीभित्रै मतभेद रहेको छ । रवि कारबाही गर्ने पक्षमा रहेका छन् भने उपसभापति डोलप्रसाद कारबाही गर्नुहुन्न भन्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...