कांग्रेसले अब छिट्टै सरकारको नेतृत्व लिन्छ : शेरबहादुर देउवा



हाम्रो इकोनोमि

 

 

 

पाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व अब छिट्टै नै कांग्रेसले लिने बताएका छन् । आफूहरू सरकारमा सहभागी भए पनि पार्टीले सोचेअनुसारको काम गर्न असहज भएको बताउँदै उनले सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका हुन् । आज मंगलबार काठमाडौँमा आयोजित पार्टीनिकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेको संयुक्त सरकारले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको चर्चा गर्दै सरकार परिवर्तन हुने सङ्केत गरेका हुन् ।

‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो,’ देउवाले भने । संयुक्त सरकार भएकाले कतिपय कुरामा काम गर्न समस्या भइरहेको देउवाको भनाइ छ । मंसिर ४ को चुनावी परिणामले गठबन्धनबाहेकको सरकार बन्न सक्ने अवस्था नरहेको चर्चा गर्दै उनले अब बन्ने सरकार पनि गठबन्धनकै हुने चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...