अर्थतन्त्र संकटको डिलमा छ : चन्द्र ढकाल



हाम्रो इकोनोमि

 

 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभामा ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन् । अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा ढकालको जोड छ ।

सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने उनको भनाई छ । मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने ढकालले बताए ।

सानो अर्थतन्त्रको नेपालजस्तो मुलुकलाई छोटो समयमै लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्नेमा ढकालले प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने पनि उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...