ढाकाकुमार श्रेष्ठको पद धरापमा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको रकम लेनदेनको अडियो सार्वजनिक भएपछि उनको प्रतिनिधिसभा सदस्य पद धरापमा परेको छ । उक्त विषय बाहिर आएपछि रास्वपाले २४ घन्टे स्पष्टीकरण माग गरेको छ भने अनुशासन समितिलाई सत्यतथ्य छानविन गर्न ७२ घन्टाको समय दिएको छ । रास्वपाको अनुशासन आयोगको बैठक आज बस्दै छ ।

पार्टी कार्यालय बसुन्धारामा  बस्ने बैठकमा ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्ने तयारी छ । बैठकले सम्भवत् उनलाई कारवाही गर्न सक्छ । यदि उनि कारवाहीमा परेर उनको सांसद पद खारेज भएमा रास्वपाले अर्को व्यक्तिलाई सांसद सिफारिश गर्नुपर्ने हुन्छ ।

 

यस्तो छ ऐनमा व्यवस्था

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ मा दल त्याग गरेको मानिनेसम्बन्धी व्यवस्था छ । यही व्यवस्थामा ‘दलले कारबाही गर्न सक्ने विषय पनि उल्लेख छ । कुनै पनि सांसदले दलको सदस्यबाट लिखित रुपमा राजीनामा दिएमा सांसद पद पनि सोही मितिबाट रिक्त हुनेछ। यस्तै अर्को दलको सदस्यता लिएका वा अर्को दल गठन गरेमा पनि सांसदबाट हट्नेछन् ।

यस्तै दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई यस दफाको अधीनमा रही सम्बन्धित दलबाट निष्कासन गर्न सक्नेछ र त्यसरी कुनै सदस्य निष्कासन भएमा त्यस्तो सदस्य सम्बन्धित दलबाट समेत निष्कासन भएको मानिनेछ । तर दलले निष्कासन गर्नुअघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो् सफाइ पेस गर्ने मौका दिनुपर्नेछ र त्यस्तो प्रयोजनको लागि सम्बन्धित दलले जाँचबुझ समिति गठन गर्न सक्नेछ ।

सफाइ प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यले पेस गरेको सफाइ सन्तोषजनक भएको वा नभएको निर्णय गर्नुपर्नेछ । सफाइ सन्तोषजनक नभएमा विधानमा व्यवस्था भए बमोजिम दलको केन्द्रीय समितिले कारण र आधार खुलाइ त्यस्तो सदस्यलाई दलको सदस्यबाट निष्कासन गर्न सक्नेछ ।

सम्बन्धित दलले कुनै पनि सांसदलाई कारबाही गरिएको जानकारी संसदलाई गराउनु पर्नेछ । संसद् सचिवालयले त्यस्तो जानकारी निर्वाचन आयोगमा पठाउने छ । समानुपातिक सांसदको हकमा रिक्त भएको स्थानमा रोलक्रममा रहेको अर्को व्यक्तिलाई सांसद बनाउने निर्णय आयोगले गर्नेछ’। सांसद ढाकाकुमार रास्वपाको समानुपातिक अन्तर्गत जनजाती पुरुष तर्फको एक नम्बरमा रहेर सांसद भएका थिए ।

उनको सांसद पद गएमा सोही क्लस्टरको दोस्रो नम्बरमा रहेका व्यक्ति नयाँ सांसद बन्नेछन् रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचिमा जनजाती तर्फ दोस्रो नम्बरमा व्यवसायी मेघबहादुर आले रहेका छन् । सांसद श्रेष्ठको पद खुस्किएमा आलेको भाग्य चम्कनेछ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...