टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच सहमति



हाम्रो इकोनोमि

 

सभामुखको निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति गरेको छ। सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत तीन दलका संसदीय दलमा रहेका नेताहरूबीच छलफलमा उक्त सहमति भएको हो।

मंगलबार बिहान सभामुख निवासमा छलफल भएको थियो। ‘टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। विषय र प्रक्रियामा पुन: छलफल हुनेछ,’ सभामुखको सचिवालयले भन्यो।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व पनि सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएका छन्। अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...