मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ, भोलिपल्टबाटै चालमाल ठीक भएन : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न प्रधानमन्त्री बनाएको भएपनि सफल नभएको बताएका छन् । मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीमा पुगेर उनले भने, ‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन ।’

उनले आफूहरुले कम्युनिष्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्याएको भएपनि जोगाउन नसकेको बताए । उनले स्मरण गर्दै भने, ‘हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो । तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मुल ढोकाबाट फेरि सिंहदरबार फकिन्छौं भन्ने मैले हामीलाई हटाउने बेलाम भनिएको थिए ।’

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...