पुरानै मन्त्रालयमा रास्वपाको दावी, नपाए सरकारमा नजाने



 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि ‘साबिकका मन्त्रालयहरू पाउनुपर्ने’ शर्त अघि सारेको छ । यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूमा उसले दाबी गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि सहभागी रहेको रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पनि पाएको थियो । साथै, स्वास्थ्य राज्यमन्त्री पनि पार्टीको भागमा परेको थियो । फेरि पनि तीनै मन्त्रालय पाउने शर्तमा मात्रै पार्टी सरकारमा जाने ढोका खुल्न सक्ने प्रवक्ता डा. मुकुल ढकालले बताए ।

‘यदि हामीले पहिले पाएको मन्त्रालयमा कुनै तलमाथि हुन्छ भने हामी सरकारमा सहभागी हुन सक्दैनौं,’ डा. ढकालले भने ।तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् । अहिले सरकारमा भौतिक योजनामन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमा सार्ने उनको योजना छ । प्रवक्ता ढकालले यस विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नरहेको बताए ।

‘हाम्रो न्यूनतम शर्तका विषयमा प्रधानमन्त्रीज्यू जानकार नै हुनुहुन्छ । संसदको चौथो शक्ति भएका हिसाबले पनि भागबन्डामा हामी यति डिजर्भ गर्छौं भन्ने हो,’ उनले थपे । मन्त्रालय भागबन्डा टुंग्याउन आज गठबन्धन बैठक बस्दैछ । रास्वपा यो बैठकमा सहभागी नहुने डा. ढकालले संकेत गरे ।

‘हामी सरकारलाई विश्वासको मत दिए पनि अहिलेको सत्तारुढ गठबन्धनमा छैनौं । त्यही भएर उपचुनावमा कसैसँग तालमेल नगरी आफैंले उम्मेदवार दिने निर्णय लिइसकेका छौं । गठबन्धनको बैठकबारे हामीलाई जानकारी आएको छैन,’ उनले भने । यदि गठबन्धनको बैठकमा बोलाइयो भने पार्टीले आवश्यक निर्णय लिने उनको भनाई छ ।

‘कसले बोलाउँछ भन्नेमा पनि भर पर्छ । यदि प्रधानमन्त्रीबाटै आग्रह भयो भने जान पनि सकिएला । तर, सरकारमा जाने सवालमा चाहीँ हामी आफ्नो अडानमा दृढ छौं,’ उनले भने । रास्वपाले सरकारमा जाने शर्तका रूपमा केही सैद्धान्तिक विषयहरू पनि उठाएका छ । यसअघि आफ्नो पार्टीका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका एजेन्डाहरूलाई निरन्तरता दिनुपर्ने अडान पार्टीको छ ।

‘सरकारले फेरि अर्को न्यूनतम साझा कार्यक्रम बनाउने तयारी गरेको कुराहरू आइरहेका छन् । यदि त्यसमा हाम्रा नीति र एजेन्डाहरूलाई स्थान दिइन्छ भनेमात्रै सरकारमा जाने हो,’ उनले भने । यदि प्रधानमन्त्रीले रास्वपाका शर्तहरू मानेर साबिककै मन्त्रालयहरू दिन तयार भए गृहमा को जान्छ त ? डा. ढकालले यस विषयमा पछि पार्टीमा छलफल हुने बताए ।

‘यसमा विभिन्न विकल्प हुन सक्छन् । उपचुनावपछि सभापतिज्यू नै जाने कुरामा द्वीविधा भएन । त्यसभन्दा अगाडि गृह प्रधानमन्त्रीसँगै राख्ने वा पार्टीको अर्को नेतालाई अस्थायीरूपमा पठाउन सकिन्छ । तर, सुरूमा त उहाँहरू साविकका मन्त्रालय दिन तयार हुनुपर्‍यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र