माओवादी र नेकपा एस कम्युनिष्ट आन्दोलनका गद्धार हुन : पृथ्वीसुब्बा गुरुङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले माओवादीसँग पार्टी एकता गर्दा पार्टीभित्र धेरै विकृति र विसङ्गति देखिएको तथ्य खोल्नुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोशियट प्रदेशले भक्तपुरमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै गुरुङले यस्तो तथ्य खोल्नुभएको हो । उहाँले एकतापछि माओवादी अलग भएर गएपछि बल्ल पार्टी चलायमान भएको बताउनुभयो । संगठनमा देखिएको अनुशासन र अराजकताको खोजी गर्न पार्टी तलसम्म पुग्ने ग्रासरुट अभियानमा लागेको गुरुङले प्रष्ट पार्नुभयो ।

पार्टीभित्र देखिएको समस्या पहिचानको लागि मिसन ग्रासरुट सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘संगठन भित्र देखिएको अनुशासनहीनता ठोस रूपमा पहिचान गर्न मिसन ग्रासरुट आयोजना गरिएको हो’, गुरुङले भन्नुभयो । जनताबाट अलगथलग भएको कम्युनिष्ट पार्टी समाप्त हुने उहाँले प्रष्ट पार्नुभयो । त्यो पाठ नेकपा माओवादीबाट सिक्नु पर्ने उहाँले बताउनुभयो । ‘कम्युनिष्टको शक्ति जनतामा छ, त्यस कारण हामी जनताको बिचमा जानु पर्यो भनेर नै मिसन गोसरुट अभियान चलाइएको हो ,’ उहाँले भन्नुभयो ।

नेकपा एमाले सही विचारकै कारण लोकप्रिय भएको गुरुङले बताउनुभयो । एमालेको विचारलाई खिया लाग्न नदिन निरन्तर अर्जाप्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसैको लागि नियमित प्रशिक्षण, समीक्षा र छलफल गर्नु पर्ने गुरुङले बताउनुभयो ।पार्टी भित्र देखिएको दक्षिणपन्थी अवसरवाद र अराजकतावाद अन्त्य गर्नु आजको मुख्य विषय भएको उहाँले बताउनुभयो । यसको लागि पार्टी र हरेक जनवर्गीय संगठनमा सुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेलाई घेराबन्दी गर्न शत्रुसँग मिल्ने माओवादी र समाजवादी गद्दार भएको उहाँले गुरुङले बताउनुभयो । ‘माधव नेपाल र प्रचण्डको पार्टीले बोकेको विचार गैरकम्युनिष्ट विचार हो’, गुरुङले भन्नुभयो । कम्युनिष्ट पार्टीको जन्म नै स्वतन्त्र र स्वाधीनताको लागि भएको कुरा बिर्सिएर प्रचण्ड र माधव नेपाल विदेशीसँग लम्पसार पर्न पुगेको बताउनुभयो । उनीहरूले कम्युनिष्ट पार्टीको आदर्श, सिद्धान्त, नीति र विचार बिर्सिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...