संविधान उल्टाउने कसरत भइरहेको छ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको व्यवस्थालाई उल्टाउने कसरत भइरहेको दाबी गरेका छन् । बुधबार राष्ट्रियसभामा दलितमाथि विभेद अन्त्यका लागि संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, ‘समाजमा सामाजिक जागरण र दलित मुक्तिको अभियान । समाजमा त्यो आन्दोलन प्रक्रिया अगाडि बढेन भने कानून विस्तारै निष्क्रिय हुँदै जाने, कानून निष्प्रभावी हुँदै जाने खतरा छ । विस्तारै ती कानून र संविधानको व्यवस्थालाई पनि उल्टाउने कसरत पनि सुरू हुनसक्छ ।’ उनले दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटि सामन्तवादतिर फर्काउने कसरतका भएको टिप्पणी गरे ।

‘अहिले पनि समाजमा हामीले विभिन्न कोणबाट संविधानमा भएका सकारात्मक व्यवस्थालाई सामान्तवादमाथि विजयी हासिल गरेर नेपाली जनताले बनाएको व्यवस्थाहरूलाई उल्टाउने कसरतहरू भइरहेका छन् । यी कसरतहरू पनि कहीँ न कहीँ दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटी सामन्तवादतिर फर्काउने कसरतका रूपमा पनि छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...