पूर्वाराजा ज्ञानेन्द्र शाहसँग राप्रपाको झापामा भेट



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले झापा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेटवार्ता गरेका छन् । भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशम्शेर राणा पूर्वराजालाई भेट्न झापा पुगेका थिए । पूर्वराजाकै प्रस्तावमा यो भेटघाट भएको बुझिएको छ ।

राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले भेटवार्ताका क्रममा पूर्वराजाबाट देशको अवस्थाबारे चिन्ता प्रकट भएको बताए । अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो,’ डा. लोहनीले भने । सबै राजनीतिक शक्तिहरुले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे ।

डा. लोहनीले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा पनि छलफल भएको बताए । मुख्य एजेन्डा यही नै थियो । उहाँबाट समग्र राजनीतिक विश्लेषण भयो, तर कसरी जाने भन्ने चाहीँ राजनीतिक दलहरुले निर्णय गर्ने विषय हो भन्ने धारणा व्यक्त गर्नुभयो,’ उनले भने । पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा छन् । केही दिनअघि उनी त्यतैबाट भारत भ्रमणमा गएर फर्किएका हुन् । उनी झापामा नै राजनीतिक भेटघाटहरु गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...