प्रहरीले नागरिकको मुख थुन्न मिल्छ : सांसद विमला राई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेकी सांसद डा. विमला राई पौड्यालले प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन् । मंगलबार प्रधानमन्त्री दाहाल सहभागी एक कार्यक्रममा केही युवाले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बोल्न नदिएको घटनामा बुधबारको राष्ट्रियसभा बैठकमा सांसद राईले सरकारलाई प्रश्न गरेकी हुन् । ती युवाहरूले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दा प्रहरीले मुख थुन्दै पक्राउ गरेको थियो । उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीहरूले जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि सरकारले ज्यादती गर्नुको कारण खोजिन् ।

‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं । यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ?’, सांसद राईको प्रश्न थियो । त्यसरी मुख थुन्ने प्रहरीमाथि कारबाही भएको छ कि छैन ? भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षणसमेत गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...