प्रचण्डले इतिहासको कठघरामा उभिएर जवाफ दिनुपर्नेछ : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत मागेपछि बोल्दै उनले भने, ‘तपाईंलाई त्यस्तो के कारण पर्यो ? जुन कारण त्यो सहयात्राबाट आज यो सहयात्रामा फर्किनुभएको छ । तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यो सहमतिमा किन पुग्नुभयो ? आज जवाफ नदिन सक्नुहुन्छ । तर, तपाईंलाई इतिहासले निरन्तर प्रश्न सोधिरहन्छ ।’

प्रधानमन्त्री बन्न एमाले चाहिए पनि दुई महिना नपुग्दै सहयात्राप्रति दुरी कायम गर्नुपर्ने कारण किन आयो भन्दै उनले प्रश्न गरे । ‘हामी निर्वाचनबाट पहिलो पार्टी बन्न नसकेपछि गठबन्धनले सरकार बनाओस् भन्ने पक्षमा थियौं । हामी प्रतिपक्षमा रहन्छौं । जनताको माग र मुद्दा प्रतिपक्षमा रहेर उठाउँछौं । यो दृष्टिकोणको साथ हामीहरु लामो समयसम्म प्रतिक्षा गरेर बस्यौं’, उनले भने, ‘कुनै लुकेको कुरा छैन। जब गठबन्धनले सरकार दिन सकेन । राष्ट्रपतिज्यूले उलपब्ध गराउनुभएको समयमा सरकार बनाउन नसकेपछि प्रचण्डले एमालेलगायत दलको समर्थन चाहियो । म प्रधानमन्त्री बन्न चाहन्छु भन्नेपछि हामीले ससर्त समर्थन दिएका थियौं ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...