एमालेले प्रचण्डलाई विश्वासको मत नदिने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन् । एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताए । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।  नेम्वाङले एमाले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकिएको बताए । हामीले सभामुख, संसद सचिवालय सबैलाई भनिसकेका छौं, हामी जिम्मेवार प्रतिपक्ष बनेर बस्छौं,’ उनले भने, ‘हामी त छायाँ सरकार हो नि! संविधानले दिएको जिम्मेवारी, संसदीय मूल्यमान्यताअनुसार हामी अघि बढ्छौं ।  नेकपा एमाले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी लहरमा बसेको थियो ।

गत पुस १० गते एमाले, माओवादीसहित ७ दल मिलेर प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए । पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत दिएको थियो । त्यसबेला एमाले पनि सरकारमा थियो । तर फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने बेला माओवादीले राष्ट्रपति उम्मेदवारमा कांग्रेसलाई सहयोग गरेको थियो । पूर्वसहमतिबाट माओवादी पछि हटेको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू पनि फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...