किसानमारा नीति सच्याइयोस् : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन माग गरेका हुन् । आइतबार पार्टीको कृषि तथा पशुपन्छी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए ।

एमाले नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि पोखरेलले दबाब दिए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेला अहिलेको सरकारले जसरी मूल्यवृद्धि गर्ने काम गरेको छ । यो अत्यन्तै अनुचित छ । जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो । आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आइलाग्यो ? कृषि क्षेत्रबाट विस्थापित गर्ने योजनाअन्तर्गत रासायनिक मलको अस्वाभाविक मूल्यवृद्धि गर्ने खालको काम गर्‍यो । त्यो सर्वथा अनुचित छ ।’

एमाले सरकारको नेतृत्वमा रहेको कृषि मन्त्रालयले विदेशबाट आयात हुने कृषिजन्य पैदावारहरूमा विषादी परीक्षण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा त्यो प्रस्तावसमेत रोकिएको पोखरेलको भनाइ थियो । ‘यो सरकार कस्तो छ भन्ने कुरा विषादी परीक्षणको योजना पनि रोक्ने, रासायनिक मलको अनुदान कटौती गर्ने, मूल्यवृद्धि गर्ने यस प्रकारको क्रियाकलापहरूले स्वाभाविक रुपमा नेपालको कृषि क्षेत्रलाई कमजोर पार्ने खालको काम गर्छ । सरकारले किसानमारा यस प्रकारको नीतिहरु र निर्णयहरु अविलम्ब फिर्ता लिनु पर्दछ ।’ कृषि क्षेत्रलाई प्रोत्साहित गर्न अनुदानमा वृद्धि र नेपालभित्रै अविलम्ब रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया पनि अगाडि बढाउनुपर्नेमा महासचिव पोखरेलको जोड छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...