गठबन्धनको उम्मेदवार रामसहाय होइनन् : ममता झा



हाम्रो इकोनोमि

 

 

जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले दश दलीय गठबन्धनबाट जसपाका रामसहाय यादवलाई नै भोट हाल्न ह्वीप जारी नभएको बताएकी छन् । जारी मतदान प्रक्रियाको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनबाट अहिले तीनजना उम्मेदवार रहेको बताइन् ।

उनले भनिन्, ‘कानून सबैभन्दा ठूलो हो । त्यसैले राष्ट्र र कानूनलाई नै टेकेर हिँड्छु । यो महिलाहरुको हक अधिकारको कुरा हो । उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ । हाम्रो पार्टी अध्यक्षले संविधानको मर्मलाई आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाउनुभएको हो । गठबन्धनबाट रामसहायलाई नै भोट हाल्न ह्वीप जारी भएको जानकारी छैन । कुनै पार्टीले पनि दश दलीय गठबन्धनबाट उहाँलाई नै मत दिनुपर्छ भनेको छैन ।’ राष्ट्रपति पुरुष भइसकेकाले महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै ममताले समावेशीमा ठूला दलहरूले ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...