गठबन्धनको उम्मेदवार रामसहाय होइनन् : ममता झा



हाम्रो इकोनोमि

 

 

जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले दश दलीय गठबन्धनबाट जसपाका रामसहाय यादवलाई नै भोट हाल्न ह्वीप जारी नभएको बताएकी छन् । जारी मतदान प्रक्रियाको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनबाट अहिले तीनजना उम्मेदवार रहेको बताइन् ।

उनले भनिन्, ‘कानून सबैभन्दा ठूलो हो । त्यसैले राष्ट्र र कानूनलाई नै टेकेर हिँड्छु । यो महिलाहरुको हक अधिकारको कुरा हो । उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ । हाम्रो पार्टी अध्यक्षले संविधानको मर्मलाई आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाउनुभएको हो । गठबन्धनबाट रामसहायलाई नै भोट हाल्न ह्वीप जारी भएको जानकारी छैन । कुनै पार्टीले पनि दश दलीय गठबन्धनबाट उहाँलाई नै मत दिनुपर्छ भनेको छैन ।’ राष्ट्रपति पुरुष भइसकेकाले महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै ममताले समावेशीमा ठूला दलहरूले ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...