जित्ने कुरामा म ढुक्क छु : अष्टलक्ष्मी शाक्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन् । संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेकी हुन् । उनले भनिन् अहिलेको माहोल देख्दाखेरी सबैको प्रतिक्रिया सुन्दा म ढुक्क छु । अहिले दल–दल एकातिर बसेपनि संविधान विपरित पुरुष उम्मेदवार बनाउनै नहुँने हो। संविधानको भावना अनुसार आपत्तिजनक छ ।

राजनीति हिबासले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उनको बुझाइ छ । उनले भनिन्, ‘मेरो इच्छाले भन्दापनि आवश्यकता महशुस गरेर उम्मेदवार भएको हुँ । पार्टीबाटै आग्रह भएपछि मैले स्वीकारेको हो । म अहिले पनि राजनीतिमा सक्रिय छु । यो सेरोमोनियल पद हो । अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति । तर, यो गरिमामय पद हो । यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...