एमाले संसदीय दलको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला नियुक्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । लामो समयदेखि एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको थिएन । संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् । उनीहरू दुवैजना कुनै बेला सँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेताहरूलाई जिम्मा दिएका हुन् । गिरी दोस्रोपटक चुनाव जितेर छोटो समय मन्त्री बनेर बाहिरिएका नेता हुन् । उनी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । भेट्रान नेता विरोध खतिवडालाई पराजित गरेर आएका बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...