प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाए : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरुलाई पार्टी फुटाएर चोइटो बुझाएको आरोप लगाएका छन् । एमालेनिकट खेलकुद महासंघ नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम नलिइ उनले भने, ‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा सर्मपित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे । तर, तिनीहरुले वास्तविक सफलता प्राप्त गर्न सकेनन् ।’ उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए । उनले भने, ‘हामीले हाम्रो आन्दोलनमा देखेका छौं। फउड खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए ।’

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...