गठबन्धन पाँचै वर्ष जान्छ : अर्जुननरसिंह केसी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले सरकारमा कांग्रेसले कति मन्त्रालय दाबी गर्छ भन्ने कुरा अहिले भन्न सक्ने अवस्था नरहेको बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी मन्त्रालय दाबी गर्न कुरामा पुगेका छैनौँ । अन्य दलसँग छलफलपछि मात्रै कुरा टुंगो लाग्ला ।

उनले गठबन्धन शक्ति र सत्ताको लागि मात्रै नबनेको भएकाले टुट्छ भन्ने आशंक नगर्न आग्रह गरे । उनले गठबन्धन पाँचै वर्ष जाने दाबी गर्दै देउवा ७६ (३) को प्रधानमन्त्री बन्ने सम्भावना नरहेको जिकिर गरे । उनले सभामुखले प्रतिनिधि सभाको बैठक लामो समय स्थगित गरेकोप्रति असन्तुष्टि जनाए । उनले भने, ‘सभामुखले आफ्नो स्वविवेकको प्रयोग गरेर संसद् बैठक स्थगित गर्नुभएको छ । राजनीति दलसँग पनि परामर्श गरेरै गर्नुभएको होला। तर, यत्रो लामो समयसम्म संसद्को गतिविधि बन्द गर्नुभयो । त्यसलाई मैले उपयुक्त ठानेको छैन ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...