राष्ट्रपतिमालाई भोट माग्न नेकपा एसको कार्यालय पुगे एमालेका नेता



हाम्रो इकोनोमि

 

 

 

 

राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा छन् । नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ । नेकपा एसको बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको छ । एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्ने तालिका छ । यस्तै आजै दिउँसो साढे २ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...