विराटनगरमा निषेधित क्षेत्र घोषणा



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश नं १ को प्रदेशसभामा नामकरणको विषय कार्यसूचीभित्र रही छलफल हुने भएकोले नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीज्यूको निवास वरवर नामको टुङ्गो नलागेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

नामकरण भएपश्चात् पनि असहमत पक्ष विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्थाबाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...