सन्दीप लामिछानेलाई आजै यूएई पठाउने



 

 

नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ । यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।

पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ । हामीले प्रतिस्थापन मागेका छौं,’ उनले  भने, ‘त्यहाँको आधिकारिक व्यक्तिबाट जानकारी आएपछि हामीले घाइते खेलाडीको नामसहित जानकारी दिनेछौं ।’ पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो ।

उनले भने, ‘आईसीसीमा हामीले सन्दीपको नाम अन्तिम १६ मा रजिष्टर गराइसकेका थियौं । अदालतले विशेष कारण खेल्न जाने अनुमति दिएको खण्डमा सन्दीपले खेल्न पाउने भन्ने कुरालाई आधार बनाएर हामीले सन्दीपलाई पठाउन लागेका हौं ।’

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप यूएई जान पाएका थिएनन् ।तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो । नेपालले भोलि बिहीबार घरेलु टोली यूएईसँग तथा शुक्रबार र सोमबार पपुवा न्युगिनीसित खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस
समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा : शंकर पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा

आज वर्षा र हिमपातको सम्भावना

    हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून

ओलीले झन्डोत्तोलन गरेर सुरु गरे एमालेको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा

    नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा १४ जना सांसदलाई केन्द्रीय सदस्य मनोनीत

    राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित