प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले एकमत



हाम्रो इकोनोमि

 

 

प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् । यी दुई ठूला दलको पक्षमा राप्रपा पनि छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने अडान राखेका थिए । ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारी गरेको छन् ।

‘कांग्रेस, एमाले कोसी नाम राख्ने विषयमा सहमत छन्, तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेबल गर्छौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘के नाम लैजाने भन्ने छलफल गरिरहेका छौं ।  ती नेताका अनुसार किराँत, लिम्बुवान किराँत र कोशी किराँत मध्ये एउटा नाम लैजाने तयारी छ । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुनेछ ।  आज दिउँसो कार्यव्यवस्था परामर्श मितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति जुटे आज नामको प्रस्ताव टेबल हुन्छ । उनले कोसी वा कोसी किराँत नाम राख्ने विषयमा छलफल भएको बताए ।

नेकपा एमाले प्रदेश १ को नाम कोसी राख्नु पर्ने पक्षमा छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोसी राख्न प्रस्ताव गरेको थियो । एमालेले प्रस्ताव गरेको नाममा नेपाली कांग्रेस पनि सहमत छ । ‘प्रदेशको नाममा हाम्रो यही भन्ने अडान छैन,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘जुन नाममा अधिकत सहमति हुन्छ, त्यही नाम पास गर्नुपर्छ ।’ उनको संकेत कोसी प्रदेशमा थियो । कांग्रेसले यसअघि पनि नाममा स्पष्ट अडान नराखेको बताउँदै उनले आएका नाममा अधिकतम सहमति खोजेर पारित गरिनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी पहिचानको पक्षमा रहेको बताए । ठूला दलले भूगोललाई आधार मानेर नाम ल्याउन खोजेको उनको भनाइ छ । ९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिदा दुई तिहाइ पुग्छ । कांग्रेस एमालेले भूगोलका आधारमा नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले बताए । ‘एमाले र कांग्रेस मात्रै मिले कोसीमा दुई तिहाइ पुग्छ,’ ती नेताले भने, ‘हामी पहिचानसहितको नाम दर्ता गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...