प्रधानमन्त्री हामीलाई हटाउने तयारीमा थिए : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई हटाउन लागेकाले सरकारबाट बाहिरिने निर्णय लिएको बताएका छन् । पार्टी सचिवालयको बैठकपछि उनले प्रधानमन्त्रीले आफूहरूलाई हटाउने वा विना विभागीय बनाउने तयारी गरेको प्रष्ट पारे ।

उनले भने, ‘पुस १० गते भएको सहमति अनुसार प्रधानमन्त्री राष्ट्रपतिमा अघि बढ्नुहोस् भन्ने हाम्रो चाहना थियो । घटनाक्रमहरू त्यसअनुसार अघि बढ्न सकेन । सहमति अनुसार अघि बढ्न नसक्ने प्रधानमन्त्रीले निरन्तर अभिव्यक्ति दिँदै आउनुभयो । राष्ट्रपतिमा सहमति बन्न नसकेपनि आफूहरू सरकारमा रहेर सहयोग गर्ने पक्षमा भएपनि प्रधानमन्त्रीले त्यो नचाहेको उनको भनाइ छ। प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए । एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाए ।

प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वतादेखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए । अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर परेको दाबी गरे ।

उनले भने, ‘ उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रूपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ । राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकुल असर पारेको छ ।’ उनले प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाए। यस्तै, राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवार शानदार ढंगले विजयी हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...