एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन् । तर एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।’

अध्यक्ष नेपालले पुनः ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताए । उनले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए । ‘कांग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि बन्थ्यौं,’ उनले भने, ‘तर राष्ट्रपति बन्नकै लागि मरिहत्तै गर्नुलाई उचित ठानिनन् ।’

एक वर्षका लागि कार्यकारी बन्ने सहमतीबारे उनले यो कुरा तपाईहरु कहांबाट थाहा पाउनु भो थाहा नभएको बताए । यो कुरामा सत्यता छैन् भन्ने जिज्ञासामा उनले भने- सत्यता छ पनि भन्दिनँ । सत्यता छैन पनि भन्दिनँ । शक्ति बाँडफाँट गरेर चल्ने कुरा भएको छ । अहिले एक्जिट कुरा भन्न सक्दिन । अध्यक्ष नेपालले राष्ट्रपति चयन गर्नुपर्ने विषयमा विदेशी चलखेल नभएको दाबी गरे । राष्ट्रिय हितको लागि पुरानो गठबन्धन ब्यूँतिएको र कांग्रेस राष्ट्रपति दिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...