जसपालाई उपराष्ट्रपति दिने निश्चित



हाम्रो इकोनोमि

 

 

बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति बनेको छ । चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा जसपालाई उपराष्ट्रिपति दिने लगभग निश्चित भएको हो ।

बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘हामीले उपराष्ट्रपति पहिलादेखि नै दाबी गर्दै आएका हौं । त्यो विषयमा आजको बैठकमा लगभग सहमति भयो । ठोस निर्णय बेलुकाको बैठकले गर्छ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावमा आफू पराजित भएपछि संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएर आफू उपनिर्वाचनबाट संसद छिर्ने दाउ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...