गठबन्धनमा सीके राउत र महन्थ ठाकुरलाई पनि मिसाउने तयारी



हाम्रो इकोनोमि

 

 

साँझ पाँच बजे बस्ने पुरानो गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ । राष्ट्रपतिबारे छलफल गर्न बसेको बालुवाटार बैठक सकारात्मकरूपमा अगाडि बढेपछि जनमत र लोसपालाई पनि बैठकमा सामेल गराउन लागिएको हो ।

अहिले बसेको बैठकमा राष्ट्रपतिमा एमालेबाहेकको सहमति जुटाउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका छन् । बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए । हिजो साँझ माओवादी, नेकपा एस र जसपाबीच सहमति बनेपछि आज कांग्रेससँग बसेको थियो ।

त्यसो त बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चुनावअघिको सत्तागठबन्धन ब्यूँताउने अनौपचारिक सहमति बनेको थियो । आजको बैठक त्यसैको निरन्तता भएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...