जसपाको बटमलाइन- उपराष्ट्रपति



हाम्रो इकोनोमि

 

 

चुनावअघिको पाँच दलीय गठबन्धन ब्यूँताउने गृहकार्य चलिरहेको बेलामा जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिको अडान दोहोर्याएको छ । सत्ता गठबन्धनलाई समर्थन गरेपनि जसपा मन्त्रालय बाँडफाँट र उपराष्ट्रपतिको अडान राख्दै सरकारमा सहभागी भएको थिएन । अहिले राष्ट्रपतिको चुनावअघि गठबन्धन ब्यूँताउन कांग्रेसले सक्रियतापूर्वक भूमिका लागिरहेको छ । यही चर्चाबीच आफूहरुले राख्दै आएको उपराष्ट्रपतिको अडान नछाडेको जसपा सांसद प्रदीप यादवले बताए ।

पाँच दलीय गठबन्धन ब्यूँताउन जसपाले उपराष्ट्रिपतिको अडान राखेको हो ? भन्ने  प्रश्नमा उनले भने, ‘अहिले दलहरुबीच राष्ट्रपतिको विषयमा छलफल चलिरहेको छ । राष्ट्रपतिको निर्वाचनपछि मात्रै उपराष्ट्रपतिबारे प्रवेश हुन्छ । हाम्रो माग छ । फरक समुदायबाट उपराष्ट्रपति हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’ उनले पाँच दलीय गठबन्धन चुनावअघि तोडेर एमालेसँग चुनावी तालमेल गरेको स्मरण गरे ।

उनले भने, ‘हामीले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेका थियौं । त्यो पनि हामीले तोडिसक्यौं । हामी अहिले राष्ट्रपतिको विषयमा अहिले चलिरहेको दौडधूपलाई नजिकबाट हेरिरहेका छौं । हामी राष्ट्रपतिको निर्वाचनमा निर्णायक शक्ति होइनौं । त्यसैले अहिल्यै हामीले कुनै निर्णय गरेका छैनौँ । सबैसँग संवादमै छौं ।’ उनले संविधानअनुसार राष्ट्रपति र उपराष्ट्ररपति फरक समुदायको हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...