‘राष्ट्रिय विकासमा महिलाको पहुँज र सहभागिता’ बहस सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को महिला विभागले ‘राष्ट्रिय विकासमा महिलाको पहुँज र सहभागिता’ सम्बन्धी बहस आयोजना सम्पन्न गरेको छ । विभागको आयोजनामा काठमाडौं १ दिने बहस आयोजना भएको थियो । बहसमा महिला अधिकार सम्बन्धी सांसद, बुद्धिजीवी र सरकारी निकायका व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त बहसका प्रमुख वक्ता सांसद तथा एमालेकी पोलिटब्युरो सदस्य सुजिता शाक्यले सुरुआती समयमा महिलाको अधिकारको विषय उठान गर्दा धेरै अपहेलित शब्दहरूबाट आफूहरूलाई अपमान गर्ने गरेको उल्लेख गरिन् । आफूहरू शासन परिवर्तनको अग्रभागमा रहँदासमेत विश्वास नगर्ने र अपहेलना गर्ने शाक्यको अनुभव छ । आफूहरूले सुरुमा ५ प्रतिशत अधिकार हुँदै समानुपातिक समाबेशी, ३३ प्रतिशत अधिकार लगायतको विषय उठाउन आजको अवस्थासम्म आइपुगेको स्मरण गरिन् । अखिल नेपाल महिला संघको अगुवाइमा भएको आन्दोलन र मुद्दाहरू अहिले संविधानमा उल्लेख भएको उनको दाबी छ । आफूहरूले महिला अधिकार मात्र हैन, महिला हिंसा अन्त्यको समेत अगुवाइ गरेको बताइन् ।

महिला भएकै आधारमा विश्वास नगर्ने, नेतृत्व दिन हिचकिचाउने सामन्तवादी विचार र सोच आजसम्म नहटेको उनको तर्क छ । नातावाद, कृपावाद, अनियमितता, भ्रष्टाचार अन्त्यको विषयमा समेत महिला संघले आन्दोलनको नेतृत्वको गरेको उनको दाबी छ । संविधानको धारा १८ को समानताको हकको दफा ३ मा लिङ्गको आधारमा कुनै भेदभाव नगरिने, समानताको लागि सामाजाजिक सुरक्षामा लिङ्गका आधारमा भेदभाव नगरिने, दफा ५ मा पैतृक सम्पतिमा भेदभाव नगरिने व्यवस्था छ । योबाहेक धारा ३८ को दफा ५ मा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदको आधारमा विशेष अधिकार उल्लेख गरेको भन्दै बागमती प्रदेशसभा सदस्य तथा परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले संविधानले महिला सशक्ति करणका लागि धेरै अवसर दिएको बताए । सामाजिक समस्याहरू धेरै भएपनि कानुनत विभिन्न ऐनहरू निर्माणको व्यवस्था गर्न धेरै अघि रहेको उनले बताए । महिला अधिकारका विषयमा अन्तर्राष्ट्रिय जगतमा भएको विभिन्न घटनाहरूले पनि सकारात्मक भूमिका निर्वाह गरेको उनको दाबी छ ।

उनले नेपालको संविधान र त्यस मातहतमा बनेको कानुन कार्यन्वयन गर्न स्थानीय, प्रदेश र संघीय सकारले अध्ययन र अनुसन्धान गर्नुपर्नेमा उनको जोड दिए । त्यस्तै योजना आयोगकी सदस्य डा.संगिता सिंहले अहिले महिला कुनै क्षेत्रमा हिनताबोध हुनुपर्ने अवस्था नरहेको बताइन् । उनले अहिले आफू आशावादी रहेको बताइन् । उनले महिला विकासका लागि राज्यले लगानी गर्ने ठुलो विषय भएको उल्लेख गरिन् । समानता मुलक समाज सबैका लागि बराबरी हुने भन्दै उनले हरेक क्षेत्र र विषयमा महिलाको विषय आउनु राम्रो विषय भएको बताइन् । परिषद्का विभागहरूले नेपाल सरकार अथवा अन्तर्राष्ट्रिय पोलिसीहरूसँग विभाग वा विभाग माताहतका पोलिसीहरू के गर्दा संयुक्त त्यस अनुसार तयारी गर्ने परिषद्का महासचिव गजेन्द्र थपलियाले बताए । उनले संविधानले व्यवस्था गरेको, समावेशिताले व्यवस्था गरेको, ऐन कानुनले व्यवस्था गरेको कुराले मात्र पुगेको छ की छैन भन्ने विषयलाई कार्यन्वयन र थप व्यवस्थाका लागि एमाले तयार रहेको बताए ।

एमालेले नै महिलाको सहभागिताको विषय उठान गरेको उनको दाबी छ । रिता सुवेदीले अहिलेको अवस्थामा महिलाहरूले अधिकार छैन, कानुन छैन वा अन्य बाहाना बनाउनुबाट माथि उठ्नुपर्ने बताइन् । महिलाहरूले आफ्नो हैसियत बढेको कुरालाई स्वीकार गर्दै अर्थपूर्ण उपस्थिति देखाउन सक्नुपर्ने बताइन् । महिलाले हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताको लागि तयार हुनुपर्ने उनको भनाई छ । परिषद्का उपाध्यक्ष विधान आचार्यले महिलाहरूले आफूले अठोट गरे सबै काम गर्न सक्ने बताए । उनले कार्यक्रममा एक विद्यार्थीको वास्तविक घटना सुनाउँदै घर परिवार छाडेरसमेत एउटा महिलाले उच्च शिक्षा हासिल गरेको बताए । घरको आर्थिक विषयको निर्णय गर्ने अधिकार पुरुषको मात्र हुँदा वा गलत हुँदा पनि धेरै महिलाहरूले दुःख भोग्नुपर्ने अवस्था रहेको उनले बताए । पत्रकार बबिता बस्नेतले सुरुआती समयमा आफू एक्लो जस्तो महसुस हुने भएपनि अहिले त्यो अवस्था नरहेको बताइन् । उनले महिलाको हरेक क्षेत्रमा सहभागिता बढेसँगै सञ्चार क्षेत्रमा पनि बढेको उनले बताइन् । विभागकी अध्यक्ष टीका ढकालले आजको समयमा समेत महिलाहरू दोस्रो दर्जाको नागरिक हुने अवस्था रहेको बताइन् । भनले भनिन्, ‘महिला अधिकार, हक, हितमा सक्रिय विभिन्न संघ, संस्थालाई ग्रामिण भेगका ती महिलाहरू जो आज पनि अशिक्षाका कारण दोस्रो दर्ताको नागरिक भएर बाचेका छन्, तीनिहरूमाथि मुख्य ध्यान दिन लाग्नुपर्छ, र राज्यको विभिन्न तह र तप्काका जिम्मेवारीमा रहेका महिला नेतृत्वले पनि यी र यस्ता विषयलाई दृढताका साथ उठान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...