गठबन्धन बदल्ने निष्कर्षमा पुगिसकेका छैनौं : नारायणकाजी श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । पुरानो गठबन्धन ब्युँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अझै टुंगो छैन ।’

भेटमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरुसँग छलफल गर्ने क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको बताए । तर गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको भन्दै उनले अरु पार्टीहरुसँग पनि छलफल गर्ने बताए । ‘हामीले सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन गर्ने निश्कर्षमा पुगिसकेको छैन’उनले भने ।

नेता श्रेष्ठले अगाडि भने,  ‘हामीले छलफल त सबैसँग गर्दैछौं । एमाले अध्यक्षसँग हाम्रो पार्टीका अध्यक्षले छलफल गरिरहनुभएको छ । अहिले एकीकृत समाजवादीसँग गरेका छौं । जनता समाजवादी पार्टीसँग गर्दैछौं । नागरिक उन्मुक्ति पार्टी, जनमत लोसपा सबैं पार्टीसँग छलफल गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...