ओलीले माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् ।बुधबार बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै उनले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनेको ओली निकट स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग छल्लाह गर्ने जवाफ दिएका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले प्रचण्डको भूमिकाप्रति समेत असन्तुष्टि जनाएका छन् । उनले आफ्नो भूमिका गठबन्धनप्रति इमान्दार छ कि छैन प्रष्ट पार्न प्रचण्डलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...