बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको हो । छलफल राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बताइएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसकेको छ । तर, सत्तागठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे खासगरी माओवादी र एमालेबीच सहमति हुन सकेको छैन ।

पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, प्रचण्डले अहिले राष्ट्रपतिमा १२ बुँदे पक्षधर एकठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । यसमा एमाले सशंकित छ । नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा समर्थन गर्न प्रचण्डसँग सघन छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...