ज्ञानेन्द्रजीसँग अब के विषयमा सहकार्य गर्ने ? : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई २४० वर्ष शासन गर्दा देश कहाँ पुर्याउनुभयो ? भनेर प्रश्न गरेका छन् ।विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र आफ्नो वरिपरि दुई चारजना मान्छे देखेपछि हौसिएको टिप्पणी गरे।

उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरह्न्छ । दुईचार जना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस्याउछ । त्यतिमात्रै हो । अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन । के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के बिषयमा सहकार्य गर्ने ?’ दुर्गा प्रसाईंलाई किन कारवाही गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘पानीले आफ्नो लेवल आफैं मिलाउँदै जान्छ ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...