राष्ट्रपतिमा बादललाई अघि सार्ने ओलीको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ लाई अघि सार्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बादलको नाममा माओवादी पनि सहमत हुने भएपछि उनलाई अघि सार्ने तयारी गरेको विश्वस्त स्रोतको दाबी छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने बताईरहेको बेला ओलीले बादललाई अघि सारेर उनको नाममा सहमति गर्न खोजेका छन् । ओलीले बादलको नाम लिएपछि प्रचण्ड पनि सोच्न बाध्य भएका छन् ।

बादल प्रचण्डका पूर्व सहयोद्धा हुन् । नेकपामा विभाजन हुँदा बादल प्रचण्डको साथ छोडेर ओलीको कित्तामा उभिएका थिए । अहिले संसदीय राजनीतिमा निष्क्रिय बसेका बादललाई ओलीले सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालसँग बादलको जनयुद्धकालमा सुमधुर सम्बन्ध थियो । बादललाई राष्ट्रपति बनाउँदा जनजाति आन्दोलनको पनि न्याय हुने भएकोले उनको नाममा प्रचण्डले पनि सहमति जनाउने अड्कलबाजी भएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको अनुमान छ । प्रधानमन्त्री दाहालले २६ पुषमा विश्वासको मत लिँदै गर्दा नेपाली कांग्रेसको पनि मत पाएका थिए । संसद्मा अभूतपूर्व मत पाएपछि दाहालले राष्ट्रपतिमा सबै दलको साझा व्यक्तिको खोजी गरेका छन् । दाहालले राष्ट्रपतिमा साझा सहमति खोज्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्व बिच्किएको छ ।

एमाले अध्यक्ष ओलीले भने कुनैपनि हातमा एमालेकै उम्मेदवारकै नाममा सहमति हुनुपर्ने अडान लिएका छन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी निर्णायक छ । उसले कांग्रेस वा एमाले जसको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने सम्भावना रहेको छ । ओलीले आज भोलिभित्रै बादललाई बालुवाटार लगेर प्रचण्डसँग छलफल गर्ने तयारी भएको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...