राष्ट्रपतिमा बादललाई अघि सार्ने ओलीको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ लाई अघि सार्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बादलको नाममा माओवादी पनि सहमत हुने भएपछि उनलाई अघि सार्ने तयारी गरेको विश्वस्त स्रोतको दाबी छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने बताईरहेको बेला ओलीले बादललाई अघि सारेर उनको नाममा सहमति गर्न खोजेका छन् । ओलीले बादलको नाम लिएपछि प्रचण्ड पनि सोच्न बाध्य भएका छन् ।

बादल प्रचण्डका पूर्व सहयोद्धा हुन् । नेकपामा विभाजन हुँदा बादल प्रचण्डको साथ छोडेर ओलीको कित्तामा उभिएका थिए । अहिले संसदीय राजनीतिमा निष्क्रिय बसेका बादललाई ओलीले सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालसँग बादलको जनयुद्धकालमा सुमधुर सम्बन्ध थियो । बादललाई राष्ट्रपति बनाउँदा जनजाति आन्दोलनको पनि न्याय हुने भएकोले उनको नाममा प्रचण्डले पनि सहमति जनाउने अड्कलबाजी भएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको अनुमान छ । प्रधानमन्त्री दाहालले २६ पुषमा विश्वासको मत लिँदै गर्दा नेपाली कांग्रेसको पनि मत पाएका थिए । संसद्मा अभूतपूर्व मत पाएपछि दाहालले राष्ट्रपतिमा सबै दलको साझा व्यक्तिको खोजी गरेका छन् । दाहालले राष्ट्रपतिमा साझा सहमति खोज्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्व बिच्किएको छ ।

एमाले अध्यक्ष ओलीले भने कुनैपनि हातमा एमालेकै उम्मेदवारकै नाममा सहमति हुनुपर्ने अडान लिएका छन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी निर्णायक छ । उसले कांग्रेस वा एमाले जसको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने सम्भावना रहेको छ । ओलीले आज भोलिभित्रै बादललाई बालुवाटार लगेर प्रचण्डसँग छलफल गर्ने तयारी भएको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...