अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी, आजै नतिजा आउने



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रज्ञा भवन काठमाडौंमा मतदान चलिरहेको छ । २ फागुनदेखि चलिरहेको २३औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पाँच जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, याङ्छु योञ्जन, मोती विक र लोकेश निरौलाको उम्मेदवारी परेको छ ।

चार उपाध्यक्षका लागि १७ जनाको प्रतिस्पर्धा भएको छ । महासचिव पदका लागि पनि पाँच जना बीच नै प्रतिस्पर्धा छ । सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नरेश रोकाया, उमेश आचार्य र कल्पना वाइवा महासचिव पदका लागि प्रतिस्पर्धामा छन् । १० सचिव पदका निम्ति ५८ जनाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा पनि पाँच जना नै उम्मेदवार छन् । संगम अर्याल, सुजन कार्की, प्रज्वल फुँयाल र प्रदीप बीसीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । चुनावी मैदानम उत्रिएका उम्मेदवार संख्या ६१४ रहेको अध्यक्ष मण्डलका सदस्य रचना खड्काले बताइन् । उनका अनुसार, अहिले ४२ मत केन्द्रबाट मतदान भइरहेको छ । उनका अनुसार, आजै नतिजा आउनेछ । यो महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...