सडक दुर्घटना कहालीलाग्दो बन्यो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सडक दुर्घटना न्यूनीकरणको लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै भट्टराईले नेपालमा सडक दुर्घटना कहालीलाग्दो अवस्थामा रहेको तथ्य औंल्याउँदै यस्तो सुझाव दिनुभएको हो । दुर्घटनामा ज्यान गुमाउने ठुलो संख्या युवा पुस्ता रहेको पनि उहाँले बताउनुभयो । ‘हाम्रो दुर्घटनाको दर बढेको छ, मृत्यु हुनेको दर बढेको छ, मानिस नै मर्ने हो, युवा नै मर्ने हो’, भट्टराईले भन्नुभयो ।

उहाँले सडकको गुणस्तर, यातायातको गुणस्तर, अनुमति पत्र वितरण लगायतका विषयमा देखिएका समस्याले नेपालमा सडक दुर्घटना बढेको निश्कर्ष पनि राख्नुभयो । अब रोड सेफ्टी काउन्सिल र रोड सेफ्टी एक्सन प्लान बनाउनु पर्ने एमाले सचिव भट्टराईको सुझाव छ । ‘तत्काल रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ’, भट्टराईले भन्नुभयो । नेपालका कुनै पनि सडक अपाङ्गमैत्री नभएका, साइकल लेनको व्यवस्था नभएकोतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...