रवि लामिछानेको पासपोर्टबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष



हाम्रो इकोनोमि

 

 

सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पासपोर्टको विषयमा अनुसन्धान गर्न माग राख्दै दिइएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष निकालेको छ । युवराज असफलले दिनुभएको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्न नपर्ने निश्कर्ष निकालेको हो । प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड सो कार्यालयले निकालेको छ ।

यसअघि युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेपनि दर्ता गर्न नमानेपछि उहाँ सरकारी वकिलकहाँ पुग्नुभएको थियो । विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको आरोप लामिछानेमाथि रहेको छ ।

तपाईंले यस कार्यालयमा मिति २०७९/१०/२४ मा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ,’ सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले युवराज पौडेललाई दिनुभएको जानकारी पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...