अनेरास्ववियु महाधिवेशन : यी हुन् अध्यक्षका दाबेदार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ । महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ । सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ ।

सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो । एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ।

अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने, मोती विश्वकर्मा, समिक बडाल, लोकेश निरौलालगायत दाबेदार छन्।अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ। साथै अनुशासनलगायत विभिन्न आयोग पनि गठनको तयारी छ । महाधिवेशनमा एक हजार पाँच सय भन्दा बढी प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...