भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा
भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमार्डौं आइपुगेका छन् ।
तीन दिने नेपाल भ्रमणका लागि क्वात्रा काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका हुन् ।
भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् । सो अवसरमा उनीहरुबिच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।