जनमत पार्टीमा प्रवेश गर्दै, लोसपा का नेता डा.शरद यादव



हाम्रो इकोनोमि

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता डा.शरद यादव जनमत पार्टीमा प्रवेश गर्न लागेका छन् । उनी आइतबार जनमतको पार्टी कार्यालयमा हुने एक कार्यक्रमकाबीच पार्टी प्रवेश गर्न लागेका हुन् ।

लोसपा पार्टी अव्यवस्थित र असङ्गठित हुनुका साथै चलायमान समेत नभएकाले पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ । मधेसका लागि केही गरौँ भनेर पार्टीमा लागेको भए पनि लोसपामा काम गर्ने कुनै योजना र तयारी नदेखिएको बताउँदै उनले नेताहरू सत्ता बार्गेनिङमा मात्रै रुमलिरहेको आरोप लगाए ।

‘लोसपा गठन भएको लामो समय भइसक्यो तर पार्टीमा कसैलाई जिम्मेवारी दिएको छैन’, उनले भने, ‘केन्द्रीय समितिदेखि लिएर अन्य सङ्गठनहरू पनि बन्न सकेको छैन, चार पाँच जना नेताहरू कार्यकारिणी समिति चलाई रहेका छन्, पाँच जना नेताले जे निर्णय गर्छन् त्यही सबैलाई मान्नुपर्ने बाध्यता सृजना भएको छ ।’ उनले लोसपामा यतिकै घाम तापेर बस्नुभन्दा त अरू ठाउँमा आफ्नो इनर्जी र क्षमता लगाए राम्रो हुने ठानेर जनमत रोजेको बताए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...