राष्ट्रपतिको बिषय पहिला नै टुंगिसक्यो : राजेन्द्र लिङदेन



हाम्रो इकोनोमि

 

 

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिको बिषयमा सत्तारुढ दलहरुबीच पहिला नै सहमति भइसकेकोले थप छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भएको छ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उपप्रधान तथा उर्जामन्त्रीसमेत रहनुभएका राप्रपा अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । बैठकमा सरकारका अहिलेसम्मका कामका बारेमा समीक्षा भएको राप्रपा अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।

बैठकमा संयन्त्रका संयोजक ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति रवि लामिछाने सहभागी हुनुहुन्छ । ’राष्ट्रपति चुनावका बारेमा छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ राष्ट्रपति निर्वाचनका बारेमा पनि केही छलफल भयो भन्ने प्रश्नमा लिङ्देनले भन्नुभयो । पूर्वनिर्धारित कामका कारण आफू बैठकबाट निस्किएको जानकारी दिँदै उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो, ’अहिलेसम्म सरकारले गरेका कामका बारेमा समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’

सत्तारुढ गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रले भने कांग्रेसले पनि सरकारलाई बिश्वासको मत दिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जनाएर कांग्रेससँगको सहकार्यमा जोड दिएपछि सत्ता गठबन्धनमा आशंका उब्जिएको छ । तर प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनकै उम्मेदवारलाई कांग्रेसले पनि सहयोग गर्ने कुराका लागि राष्ट्रिय सहमति भनेको बताउनु भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ । लिङदेनका अनुसार पूर्वसहमति भइसकेको कारण आजको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न आवश्यक ठानिएन ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...